चीनमा लेकिमा आँधी : कम्तिमा २२ जनाको मृत्यु, १० लाख बिस्थापित

काठमाडाैँ । चीनमा समुद्री आँधी लेकिमाका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । हालसम्म कम्तिमा २२ जनाको ज्यान गएको चीनको सरकारी समाचार संस्था सिनह्वाले जनाएको छ । यस्तै १० लाख भन्दा बढी मानिस बिस्थापित भएका छन् ।

आँधीका कारण गएको पहिरोमा परी मानिसहरुको ज्यान गएको सरकारी अधिकारीले बताएका छन्। अझै १० जना बेपत्ता रहेका छन् । ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाइको बिचमा पर्ने वेनलिङ्गमा आँधीका कारण शनिबार बिहानै पहिरो गएको थियो ।

सुरुमा लेकिमालाई सुपर टाइफुन भनिएको थियो, तर पहिरो जानु केही पूर्व मात्रै त्यसलाई केही कमजोर भिनएको थियो । लेकिमा हाल केही कमजोर भएको छ र हावाको गति पनि कम भएको छ । हाल यो उत्तर तर्फ हुँदै शेस्याङ्ग प्रान्त तर्फ अघि बढी रहेको छ । यो आँधी चाँडै शाङ्घाइ पुग्ने अनुमान छ । शाङ्घाइमा दुई करोड भन्दा बढी मानिसको बसोबास छ ।

आँधीका कारण एक हजार भन्दा बढी उडान रद्द गरिएका छन् भने रेल सेवा पनि प्रभावित भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका

काठमाडाैं । रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै …

प्रतिकृया दिनुहॊस