सहुलियतपूर्ण कर्जा लिन झन्झटिलो, कार्यविधि संशोधन गरिने

काठमाडौँ । सरकारले व्यवस्था गरेको सहुलियतपुर्ण कर्जा लिन झन्झटिलो भएको युवाहरुले गूनासो गरेका छन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि बनाएर सातवटा क्षेत्रमा कर्जा प्रभाव सुरु गरेको एक बर्ष वित्न लागेपनि १६ हजार १ सय ६१ जनाले मात्र सहुलियतपुर्ण कर्जा लिएका छन् ।

सहुलियतपुर्ण कर्जा अन्तरगत विदेशबाट फर्किएका युवा परियोजना कर्जा लिनका लागि वैदेशिक रोजगारीबाट फर्किएको तीन बर्ष नकटेको हुनुपर्ने व्यवस्था छ । कार्यविधिमा विदेशमा गरेको कामको अनुभवको प्रमाणपत्र र सीप अनिवार्य हुनुपर्ने उल्लेख छ । यही व्यवस्थाका कारण बैदेशिक रोजगारीबाट फर्कीएका अधिकांश युवा कर्जा सेवा लिनबाट बञ्चित भएको रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए ।

सहुलियतपुर्ण कर्जा लगानीका लागि सरकारले कर्जाको सुरक्षणको व्यवस्था पनि गरेको छ । तर प्रवाह गरिएको कर्जाको असुली प्रक्रिया १ वर्ष भित्र पनि शुरु नभए, नेपाल राष्ट्र बैंकमा कर्जा नोक्सान सुरक्षण दावी गर्न नमिल्ने प्रावधानले अप्ठ्यारोमा पारेको बैंकर एसोसिएसन नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको भनाई छ । रिटर्नी माइग्रेन्ट नेपाल लगायतका विभिन्न निकायले कार्यविधि संशोधन गर्नका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिसकेका छन् ।

सरकारले पनि सबै क्षेत्रका जानकारको गुनासोलाई सम्बोधन गर्नेगरी सहुलियतपुर्ण कर्जा कार्यविधि संशोधन गर्ने तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस