बैंक तथा वित्तीय संस्थाकाे नयाँ आधार दर सार्वजनिक :  यस्ताे छ बैंकहरुले सेयर किन्न दिने ऋण 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नयाँ आधार दर सार्वजनिक गरेका छन् । नयाँ आर्थिक वर्ष सुरु भए सँगै बैंक तथा वित्तीय संस्थाले नयाँ आधार दर सार्वजनिक गरेका हुन् । यसै दरलाई आधार मानेर बैंक तथा वित्तीय संस्थाले विभिन्न किसिमका कर्जा प्रवाह गर्छन् ।

आधार दरमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्छन् । बैंकहरुले सार्वजनिक गरेका पछिल्लो आधार दर मध्ये स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा कम छ । यसको आधार दर ७.६३% रहेको छ ।

यता, नेपाल बैंकको आधार दर भने ७.९८% छ । नेपाल बैंकले यसमा ४.०५% देखि ५.०२% सम्म प्रिमियम थप गरेर सेयर कर्जा प्रवाह गर्छ । त्यस्तै, कृषि विकास बैंकले पनि आधार दरमा कति प्रिमियम थप गरेर सेयर धितो कर्जा प्रवाह गर्ने भनेर खुलाएको छैन । कृषिले पनि सेयर कर्जा खासै उपलब्ध गराउँदैन् ।

राष्ट्रिय वाणिज्य बैंकले भने असार मसान्त सम्मको आधार दर सार्वजनिक गरेको छैन । यद्दपि, यसले आधार दरमा ४५ देखि ५‍‍.६७% सम्म प्रिमियम थप गरेर सेयर धितो कर्जा दिदैं आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) …

प्रतिकृया दिनुहॊस