लाइफ इन्स्योरेन्सको १७ औँ साधारण सभा सम्पन्न

काठमाडौ । ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड’ले शुक्रबार राजधानीमा आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट कम्पनीले सेयर लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने जनाएको हो ।

आर्थिक बर्ष २०७५/७६ को नाफाबाट एलआईसी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३४.४६ प्रतिशत बोनश सेयर तथा ३५.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा एलआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मीप्रसाद दासले भने-‘अहिले हाम्रो व्यापारिक अवस्था राम्रो भइरहेको छ, सोही कारण सेयरधनी लगानीकर्ताहरु ढुक्क हुनुहुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’ उनले आगामी दिनमा आफ्नो इन्स्योरेन्स कम्पनी नयाँ योजनाका साथ अघि बढ्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस