कृषि विकास बैंक कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा कृषि विकास बैंक पनि जोडिएको छ ।

आजबाट   कृषि विकास बैंकले  कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध भई कारोबार सुरु गरेको छ ।

अब बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्ने जनाएको छ । यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, लोकसेवा आयोगको भुक्तानी,  रकम ट्रान्सफर, मोबाईल वालेटमा फण्ड लोड, क्रेडिट कार्ड बिल भुक्तानी,  सेयर ब्रोकरलाई भुक्तानीे लगायतका विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस