धादिङमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६ नंको ट्रकले पैदलयात्री भारतीय नागरिक पश्चिम चम्पारनका ४० वर्षीय सत्यनारायण दासलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामानसिंह अधिकारीले जानकारी दिए ।

दुर्घटनापछि घाइते भएका दासको धार्केस्थित शिवदर्शन अस्पतालमामा उपचारपछि थप उपचारका लागि नेशनल अस्पताल कलङ्की काठमाडौँमा लगिएकोमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली सेनामा खुल्यो २६१५ जनाका लागि रोजगारी (सूचना)

काठमाडौं । नेपाली सेनाले विभिन्न सैन्य तथा ट्रेडका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न …

प्रतिकृया दिनुहॊस