सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्कासन गर्ने अनुमति

काठमाडौं । सिद्धार्थ बैंकले धितोपत्र बोर्डबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.२५५ ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५५ सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटले गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस