भारतीय दुतलाई देश छाड्न पाकिस्तानको आदेश

काठमाडौं । जम्मू कश्मीरमा राजनीतिक तनाव उत्पन्न भइरहेका बेला पाकिस्तानले भारतसँगको व्यापारीक सम्बन्ध तोडेको जनाएको छ । जम्मू कश्मीरको विषयमा भारतीय सरकारले चालेको कदमको विरोध गरिरहेको पाकिस्तानले दुई देशबीचको कुटनीतिक सम्बन्ध कमजोर बनेको अन्तर्राष्ट्रिय सञ्चामाध्यहरुले जनाएका छन् ।

जम्मू कश्मीरमा राजनीतिक तनाव उत्पन्न भएलगत्तै पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्च आयुक्तलाई निकाला गर्ने निर्णय गरेको बिबिसीले जनाएको छ ।

विवादसँगै भारतका लागि नवनियुक्त पाकिस्तानी उच्च आयुक्तले पनि जिम्मेवारी नसम्हाल्ने बताइएको छ । यसअघि पाकिस्तानका प्रधानमन्त्री इमराना खानले जम्मू कश्मीरको विशेष अधिकार खोस्ने भारतको निर्णयविरुद्ध लड्ने प्रतिक्रिया दिएका थिए । एजेन्सी

यॊ पनि हेर्नुहॊस

जापानमा शक्तिशाली आँधी, एकजनाको मृत्यु

जापान । जापानमा आएको शक्तिशाली आँधीमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते …

प्रतिकृया दिनुहॊस