जहाँ मान्छे मात्र नभएर कुनै जनावरले पनि आँखा देख्दैनन्

एजेन्सी । मेक्सिकोमा एउटा यस्तो  रहस्यमय गाउँ छ । जहाँ मान्छे मात्र नभएर कुनै जनावरले पनि आँखा देख्दैनन् ।  यसको पछाडि एउटा गहिरो रहस्य लुकेको छ ।

गाउँको खास नाम टिल्टेपक हो । जोपोटेक आदिवासीका मानिसहरु यो गाउँमा बस्दछन् । गाउँमा जन्मको समयमा बालबालिकाहरु सामान्य नै हुन्छन् र आँखाले देख्दछन् । तर, केही दिनपछि नै आँखाको दृष्टि हराउँदछ र बालबालिकाहरु अन्धो बन्दछन् ।

गाउँलेहरु आफूहरु सबै अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दोषी मान्दै आएका छन् । लाभजुएला नामको उक्त रुख हेरेपछि मान्छे मात्र नभै पशुपक्षी सबै अन्धा हुन्छन् ।

तर, वैज्ञानिकहरुले भने अन्धोपनाको पछाडि उक्त रुखको कुनै हात नरहेको बताउँछन् । मानिस र जनावरहरुको अन्धोपनाको मुख्य कारण एउटा विषालु झिंगा रहेको वैज्ञानिकहरुको भनाइ छ । उक्त विषालु झिंगाले टोकेपछि मानिस र जनावरहरुको आँखाको ज्योति हराउँदछ ।

उक्त गाउँमा करिब ७० वटा झुप्रा घरहरु छन् र जनसंख्या ३ सय जति रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस