हरेक वर्ष ३५ हजार नेपाली बेचबिखनमा पर्दै

काठमाडौँ । हरेक वर्ष ३५ हजार नेपाली बेचबिखनमा पर्ने गरेको पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवदेन सार्वजानिक गदै वार्षिक ३५ हजार नेपाली बेचबिखनमा पर्ने गरेको जनाएको हो । आयोगका अनुसार १५ लाख नेपाली बेचबिखनको जोखिममा छन् ।

बेचबिखनमा पर्ने ३५ हजारमध्ये १५ हजार महिला मानव बेचबिखनमा पर्ने गरेका छन् । वार्षिक ५ हजार बालबालिका तथा १५ हजार पुरुष बेचविखनमा पर्ने गरेका आयोगका सदस्य मोहना अन्सारीले बताए । ५३ जिल्लामा १५ लाख नेपाली बेचबिखनको जोखिममा रहेको औंल्याइएको छ । १५ लाखमध्ये ४१ प्रतिशत किशोरी मनोरन्जन व्यवसायमा, ३६ प्रतिशत श्रमिक क्षेत्रमा र ३० प्रतिशत वैदेशिक रोजगारीका नाममा बेचबिखनमा पर्ने गरेको आयोगले जनाएको छ । यसलाई रोक्न बैदेशिक रोजगार विभागले नेपाल प्रहरीसंग समझदारी गरेर अघि बढ्न खोजेको विभागका महानिर्देशक डाक्टर भिष्मकुमार भुसालले बताए ।

३ करोड जनंसख्यामा आठ प्रतिशत ग्रामिण भेगका नेपाली मानव बेचबिखनको जोखिममा रहेका छन् । वैदेशिक रोजगारीमा वार्षिक छ लाख नेपाली जाँदा एक लाख ८० हजार मानव बेचबिखनको जोखिममा पर्ने गरेको आयोगको प्रतिवेदनमा भनिएको छ । देशभित्र पनि २० प्रतिशत नेपाली बेचबिखनमा पर्ने गरेको आयोगले जनाएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार गत आर्थिक वर्ष २०७५-०७६ मा मानव बेचबिखनसँग सम्बन्धित एक हजार एक सय १६ मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७५-०७६ मा दर्ता भएका मानव बेचबिखनसँग सम्बन्धित एक एक सय ८५ मुद्दाका चार सय ३० जना प्रतिवादीले भने सफाइ पाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब घरको डाक्टरले दिनेछन् घर निर्माण लागत घटाउने परामर्श

काठमाडौं । घर तथा बिल्डीङ्ग निमार्ण सम्बन्धि चुनौतीहरूको पहिचान र समाधान गर्न विगत छ वर्ष …

प्रतिकृया दिनुहॊस