न्युजिल्यान्डका स्टार क्रिकेटर ब्रेन्डम म्याकुलमले लिए सन्यास

काठमाडाैँ । न्युजिल्यान्डका स्टार क्रिकेटर ब्रेन्डम म्याकुलमले अन्तराष्ट्रिय क्रिकेटबाट औपचारीक रुपमा सन्यास लिएकाे घोषणा गरेका छन्। सबै खाले क्रिकेट फर्मयाटबाट सन्यास घोषणा गरेका म्याकुलमले अब क्यानडामा जारी ग्लोबल टी–२० लिगलाई अन्तिम प्रतियोगिता बनाउने जनाएका छन्।

उनको टीम टोरोन्टो नेसन्समा नेपाली लेग स्पीनर सन्दीप लामिछानेपनि रहेका छन्। सन्यास घोषणा गर्दै उनले भने ‘म गर्वका साथ सबै खालको क्रिकेटबाट विदा हुने निर्णयमा पुगेको छु।

३७ वर्षीय विकेटकिपर ब्याट्सम्यान म्याकुलमले ट्वीट मार्फत पोस्ट गर्दै सन्यास घोषणा गरेका हुन्। न्युजिल्याण्डको लागि सन् २००४ मा दक्षिण अफ्रीकाको लागि टेस्टमा तथा २००२ मा अस्ट्रेलिया बिरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए।

यॊ पनि हेर्नुहॊस

सार्वजनिक यातायातमा पशुवत व्यवहार !

सार्वजनिक यातायात मध्यम र निम्न वर्गीयले नचढी सुखै छैन । यी नागरिकसँग यसको विकल्प पनि …

प्रतिकृया दिनुहॊस