ट्रयाक्टरको ठक्करबाट किशोरीको मृत्यु

सर्लाही । नवलपुर–मलंगवा सडक खण्डमा पर्ने कबिलसीमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको छ। शनिवार राति नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतीय नम्बर बिआर ३० भि ७१८७ भएको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रयाक्टरले ठक्कर दिएको थियो।

ठक्करबाट चत्रघट्टा गाउँपालिका–६ की १६ वर्षीया रामशीला कुमारी दासको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनालगतै दासलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको थियो।

त्यहाँबाट थप उपचारका लागि वीरगंज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो। ठक्कर दिने ट्रयाक्टर फरार रहेकोले खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रतीतसिंह राठौरले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस