सिद्धार्थ बैंकको नाफा २ अर्ब ३० करोड

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४० करोड रुपैयाँले धेरै हो । नाफासँगै बैंकले समग्र वित्तीय सूचकमा राम्रो सुधार गरेको छ । असार मसान्तसम्ममा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ संकलन गरेको छ । तरलता संकटको बेलामा पनि बैंकले एक वर्षमा २० अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेको छ ।

बैंकले कर्जा सापटी एक वर्षमा २१ अर्बले वृद्धि गरी १०४ अर्ब रुपैयाँ दिएको छ । बैंकको लगानी १८ अर्ब ८७ करोड रुपैयाँ छ ।

बैंकको सेयर पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ भने विभिन्न कोषमा रहेको रकमसहित कुल पुँजी कोष १५ अर्ब २३ करोड रुपैयाँ भएको छ । बैंकको पुँजीकोष प्रयाप्तता अनुपात १२.५६ प्रतिशत छ भने राष्ट्र बैंकको नियमअनुसार यो अंक १० प्रतिशतभन्दा कम हुनुहुँदैन ।

बैंकको कर्जा लगानीको गुणस्तर राम्रो देखिएको छ । असार मसान्तसम्ममा बैंकको खराव कर्जा शुन्य दशलमव ७५ प्रतिशतमा झरेको छ जुन अघिल्लो वर्ष १ दशमलव ०९ प्रतिशत थियो ।

बैंकको बेस रेट भने अझै माथि रहेको छ । हाल बैंकको बेसरेट १०.५७ प्रतिशत छ ।  बैंककाे प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५९ पैसा भएको, मूल्य आम्दानी अनुपात ११.९६ प्रतिशत भएको बैंकले जनाएको छ । हाल बैंकको सेयर मूल्य ३२२ रुपैयाँ रहेको छ । गत वर्षको नाफाबाट बैंकका सेयरधनीले राम्रो लाभांश पाउने देखिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस