पीएसजीलाई कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि

काठमाडौं । फ्रेन्च सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ । हिजो भएको फाइनलमा रेनसलाई २–१ गोलअन्तरले पराजित गर्दै पीएसजीले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको हो ।

पीएसजीका लागि यो सिजनको पहिलो उपाधि पनि हो । पीएसजीको जितमा केलियन एमबाप्पे र एन्जल डी मारियाले एक–एक गोल गरे ।रेनसका एड्रीन होन्युले एक गोल फर्काए । योसँगै पीएसजीले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

पीएसजी लियोनलाई पछि पार्दै सर्वाधिक धेरै पटक फ्रेन्च सुपर कप जित्ने टिम बनेको हो । लियोनले आठ पटक फ्रेन्च सुपर कप जितेको छ ।फ्रान्सको लिग वान विजेता र फ्रेन्च कप विजेता टिमबीच फ्रेन्च सुपर कप हुने गर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस