खुम्चिँदै चारकोसे, ३० वर्षयता ११ हजार हेक्टर घट्यो

मोरङ । सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको  छ । अहिले पनि कगजीरुपमा ५५ हजार ५०० हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५४० हेक्टरमा सीमित भएको हो ।

घना जंगल रहेको ठाउँमा अहिले बाक्लो बस्ती र बजार विस्तार भएको छ । डिभिजन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले ३ दशकमा जंगल क्षेत्र करिब ११ हजार घटेको बताए ।

अहिलेको लेटाङ, बेलबारी, डाँगीहाट, भाउन्ने, पथरी, कानेपोखरी, मंगलबारे, उर्लाबारी, मधुमल्ला, केराबारी र सुन्दरहरैंचालगायत क्षेत्रमा घनाजंगल थियो । अहिले ती सबै ठाउँमा बाक्लो बस्ती र बजार विस्तार भएको छ । जंगलको बीचमा रहेको लेटाङ नगरपालिका बजार क्षेत्र सबै चारकोसे जमिन हो ।

यहाँ बन अतिक्रमण गरेर बसोबास गर्ने परिवारको संख्या ३ हजारभन्दा बढी रहेको नगरप्रमुख शंकर राईले बताए । विसं २०२५ सालमा चिसाङ खोलाले बस्ती उठाएपछि त्यहाँका बासिन्दा यता सरेको उनको भनाइ छ । यो समाचार कान्तिपुर दैनिकमा विनोद भण्डारीले लेखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस