मुकारुङकाे ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक

काठमाडौं । कवि तथा आख्यानकार राजन मुकारुङको पाँचौं कविता संग्रह ‘हाटा जाने अघिल्लो रात’ शुक्रबार सार्वजनिक गरिएको छ।संग्रहको अभिनेता दयाहाङ राई, पत्रकार यज्ञश र समाशास्त्रका विद्यार्थी कैलाश राईले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

कार्यक्रमको सुरुवातमा अभिनेता दयाहाङ राईले संग्रहभित्रको ‘गाउँ’ शीर्षकको कविता वाचन गरेका थिए। कार्यक्रममा मुकारुङले कविता लेख्नेहरू नै सत्तामा लिप्त भएपछि आफूले फेरि कविता लेख्न परेको बताए।

यसअघि मुकारुङका सेतो आरोहण (२०५६), प्रारम्भ प्रक्षेपण (२०५८), जिकिरको गद्दी (२०५९) र मिथक माया (२०६१) कविता संग्रह प्रकाशित छन्। मुकारुङका दुई उपन्यास ‘हेत्छाकुप्पा’ र ‘दमिनी भिर’ लोकप्रिय छन्। उपन्यास ‘दमिनी भिर’ले २०६९को मदन पुरस्कारसमेत पाएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस