महालक्ष्मी लाईफको प्रथम वार्षिक शाखा सम्मेलन सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन श्रावण १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ ।

स्टाटेजीस बिजनेस मिट २०१९ नाम दिइएको सम्मेलनको समुदघाटन इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए ।

सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेका थियो।

ल्न पफ्रम लिड नारा सहित दुई दिन संचालित उक्त सम्मेलनको पहिलो दिन आ.व. २०७६।७७ को लक्ष्य, रणनिति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो । दोस्रो दिन सम्पुर्ण शाखा र उपशाखा प्रमुखलाई लेखा, अण्डररार्इ्टिङ्ग, एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो।

२०७५ माघ २७ बाट कम्पनी संचालन भएता पनि विभिन्न तयारीको कारण ४ महिनाको छोटो समयावधिमा महालक्ष्मी लाईफले ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको, ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको छ।

चालु आ. ब.मा थप ५० वटा शाखा र उपशाखा स्वीकृती लिई १०० भन्दा बढी कार्यालय संचालनमा ल्याउने तथा प्रथम वीमाशुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस