‘जिरो’पछि अनुष्का मौन, नयाँ फिल्म नखेल्नुकाे कारण

चलचित्र ‘जिरो’ असफल भएपछि यसका निर्माता तथा नायक साहरुख खानले कुनै पनि नयाँ चलचित्रमा काम गरेका छैनन । साहरुखले मात्र होइन चलचित्रकी नायिका अनुष्का शर्माले पनि कुनै चलचित्र साइन नगरेर बसेकी छिन् । अनुष्काले नयाँ चलचित्र साइन नगर्दा उनको मौनताको कारणबारे उनका फ्यान उत्साहित छन् ।

अनुष्काले भनेकी छिन्–‘यो फैसला मैले सोचेर नै लिएकी हुँ । म चलचित्र ‘जिरो’पछि केही समय ब्रेक लिन चाहन्थेँ । मैले बिहेपछि ‘सुई धागा र जिरो’मा लगातार काम गरेँ । जब मसँग समय हुन्थ्यो, त्यो समयमा मात्र म विराट कोहलीसँग भेट गर्थेँ ।’

अनुष्काले अगाडि भनेकी छिन्–‘मलाई लाग्यो कि अब मैले ब्रेक लिनुपर्छ । मैले मेरो टीमसँग पनि भनेको थिएँ कि, मलाई केही महिना कुनै पनि चलचित्रको कथा पनि नसुनाउनु । किनकी, मलाई कुनै चलचित्रको स्क्रिप्ट पनि पढ्न मन थिएनँ ।’

अनुष्काले एक क्रियटिव मानिसका लागि कामबाट ब्रेक लिन आवश्यक रहेको सुनाइन् । उनले भनिन्–‘हामी आफैसँग सधै नै झुठ बोलिरहेका हुन्छौ । मानिसहरुले त किन चलचित्रमा काम नगरेको भनेर सधै नै सोधिरहन्छन् । तर, हामी वास्तविक कुरा नभनेर उनीहरुसँग होइन कि आफैसँग झुठ बोलिरहेका हुन्छौ ।’

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस