जब राखी सावन्तको विवाहको खबर भाइरल 

एजेन्सी । बलिउडकी आइटम गर्ल तथा अभिनेत्री राखी सावन्तले गोप्य तरिकाले मुम्बईको जे डब्लू मेरियट होटलमा विवाह गरेको खबर भाइरल फैलिएकाे छ । केही अनलाइन पत्रिकामा तस्वीर सहितको एउटा समाचार प्रकाशित गर्दै राखीले एक जना एनआरआईसंग विवाह गरेको खबर प्रकाशित गरेका थिए । याे समाचार भाइरल भैरहेको बेला अभिनेत्री सावन्तले उक्त खबर सरासर झुटो भएको दावी गरेकी छिन् ।

वैवाहिक समारोहमा परिवारका ४-५ जना सदस्यमात्रै उपस्थित भएको तथा विवाहको खबर सार्वजनिक नहोस् भन्नका लागि होटलको हलको साटो कोठामा विवाह गरिएको समेत उक्त खबरमा उल्लेख थियाे ।

याे खबर फैलिएसँगै राखीले स्पष्टिकरण दिँदै भनिन्-‘म विल्कुलै अविवाहित हुँ । हिजो जे डब्लू मेरियट होटममा मेरो क्याटलगको फोटोसेसन भैरहेको थियो । म उक्त फोटो सेसनमा दुलहीको पहिरनमा प्रस्तुत भएकी थिएँ ।’

यसअघि उनको नाम दीपक कलालसंग जोडिएको थियो । उनीहरुका केही भिडियोहरु भाइरल समेत भएका थिए । कतिपयले त उनीहरु चाँडै नै वैवाहिक समारोहमा बाँधिन लागेको समेत बताएका थिए । परदेशीया…गीतमा आइटम डान्स गरेपछि चर्चामा आएकी राखी सावन्त आफ्नो डान्स देखाउने क्रममा केही पटक नेपाल समेत आइसकेकी छिन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस