मानुुषीका ६० उद्यमीहरुको नेपाल मेडिसिटीद्वारा स्त्री तथा प्रसुति जाँच सम्पन्न  

ललितपुुर । नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य टोलीले मानुषी प्रा.लिका ६० उत्पादकहरुको स्त्रिी तथा प्रसुति जाँच गरेको छ ।

ललितपुरमै केन्द्रिय कार्यालय रहेको मानुुषी तथा ललितपुरमै स्थित नेपाल मेडिसिटी अस्पतालको संयुक्त पहलमा निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

चबहिल स्थित कारखानामा आयोजित शिविरमा उत्साहजनक सहभागिताकाबीच महिलाहरुले चिकित्सहरुसंग परामर्श गराएका छन् । अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता विश्वकर्मा ,मेडिकल अफिसर डा. मनिषा झाको नेतृत्वमा ६० उत्पादकहरुको स्वास्थ्य जाँच गरिएको हो ।

अधिकांश महिलाहरुको स्वास्थ्य स्थिती सामान्य देखिएको र केहिको भने बहुुसंख्यामा समस्या देखिएको चिकित्सकको प्रतिक्रिया छ । महिनावारी गडबड, तथा प्रेसर र सुगर सम्बन्धि सामान्य असन्तुलन भने धेरै महिलाहरुमा देखिएको छ । असामान्य अवस्थामा रहेका सहभागीहरुलाई भने उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा ल्याइने छ ।

सबैको पहँुचमा रहेको नेपालकै पहिलो र एक मात्र अन्तराष्ट्रिय अस्पताल,नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले सृजनशिल तथा हस्तकला क्षेत्रमा काम गर्ने महिलाहरुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएकाले यस किसिमको शिविर आयोजना गरेको बताए ।

मानुुषी प्रा.लिका अध्यक्ष पद्माशना शाक्यले दिनहुु कामकाजमा खटिने महिलाहरुले आफ्नो भन्दा पनि परिवारको ख्यालमा ध्यान दिने भएकाले आफ्नो स्वास्थ्य स्थितीबारे चेत रहुन भन्ने उदेश्यले यो शिविरको आयोजना गरिएको बताए । उनले नेपल मेडिसिटीसँग यस किसिमको सहकार्यलाई निरन्तरता दिने जानकारी गराए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस