‘केसीसी एक्जिबिट २०१९’ मा विद्यार्थीहरुको आकर्षण

काठमाडौं । कान्तिपुर सिटी कलेज (केसीसी) ले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०१९’ भब्यरुपमा सम्पन्न भएकाे छ। निपुर्ण विचार, दीगो उपाय मूल नारा रहेको साे प्रदर्शनीको युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गर्दै युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनसँग जोड्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बाेल्दै मन्त्री सुनारले देश विकासमा युवाको भूमिकामा महत्वपूर्ण रहेकाे चर्चा गरे । मन्त्री सुनारले युवालाई विज्ञान–प्रविधिसँग जोड्दै जानुपर्ने बताउँदै  सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा क्षेत्रले उपयोग गर्नुपर्नेमा उनको विचार राखे ।

साेही कार्यक्रममा प्राध्यापक रामकृष्ण रेग्मीले दिगो विकास लक्ष्यतर्फ अघि बढ्न यस्ता प्रदर्शनीले सहयोग गर्ने उल्लेख गरे । रेग्मीले राष्ट्रिय समस्याहरू समाधान गर्ने क्रममा दीगो उपाय पत्ता लगाउन युवाको भूमिकामा हुने वताए । नेपाल सरकारको सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सूचना–प्रविधिलाई सजिलोका लागि मात्र नभई दिगोपनका लागिसमेत प्रयोग गर्नुपर्नेभारणा राखे ।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष सुमन कटवालले विगत देखिका प्रदर्शनीबारे बताउँदै सबैलाई धन्यवाद ज्ञापन व्यक्त गरे । कलेजका प्रिन्सिपल राजु कट्टेलले स्वागत मन्तव्य राखे भने कार्यक्रमका संयोजक कुशल निरौलाले कार्यक्रमकाे  महत्व प्रष्ट पारे । सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सूचनाप्रविधिमा अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)ले केसीसी एक्जिबिट २०१९ आयोजना गरेको हो ।

साे प्रदर्शनीमा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इञ्जिनीयरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुई वटा खेलकूदका स्टल, चार खाजा स्टल राखिएकाे थियाे ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस