जंगली च्याउ खाँदा उदयपुरमा १२ जना बिरामी

उदयपुर । उदयपुरका २ छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन्। त्रियुगा नगरपालिका-९ राजावासमा १ परिवारका ५ जना र कटारी नगरपालिका-४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन्।

शनिबार दिउँसो १ बजेको समयमा जंगली विषालु च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, निजकी श्रीमती ३८ वर्षीया फुलमाया दनुवार, निजका छोरा वर्ष २० का अनिश दनुवार, ११ वर्षीय मनिस दनुवार र १७ वर्षीया छोरी रविना दनुवार बिरामी परेका हुन्।

यसैगरी कटारी सिसाघारीकी ३५ वर्षीया टंक कुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा उनीसहित निजका छोराहरु १४ वर्षीय अनिष दनुवार र ११ वर्षीय महेन्द्र दनुवार तथा ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन्। उनका छिमेकी वर्ष २० की गंगा कुमारी तामाङ, वर्ष १९ की लक्ष्मी तामाङ र वर्ष १७ की समिता तामाङसमेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस