प्रहरीको आचरण सुधार्न आईजीपीको ‘मार्सल टिम’

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीको आचरण सुधार र कमजोरी गरेको पाइए आवश्यक कारवाही गर्नका लागि गोप्य ‘मार्सल टिम’ गठन गरेका छन् । प्रहरीका हरेक कार्य पारदर्शी रुपमा भए–नभएको अध्ययन र आवश्यक कारवाही सिफारिसका लागि गोप्य टिम गठन गरिएको हो ।

टोलीलाई प्रहरी नियमावली विपरीत काम गरे–नगरेको अनुगमन गर्ने र आचरण विपरीतको काम गरेको पाइए कारबाहीको सिफारिस गर्ने अधिकार दिइएको आईजीपी सचिवालयका एक अधिकारीले बताए । उनका अनुसार प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा रहेको टोली आईजीपीको प्रत्यक्ष सम्पर्कमा हुन्छ र उनकै निर्देशनमा परिचालित हुन्छ ।

सचिवालयका एक उच्च प्रहरी अधिकारीले भने, ‘‘यो टोली सादा पोशाकमा खटिनेछ । टोलीमा को–को छन् भन्ने कुरा गोप्य हुन्छ । जनगुनासो आए वा नआएमा पनि जुनसुकै समयमा जुनसुकै प्रहरी कार्यालयमा आकस्मिक अनुगमन तथा चेकजाँच टोलीले गर्न सक्छ ।’’

टोली विभिन्न तरिकाबाट प्रहरी कार्यालयहरुमा प्रवेश गर्न सक्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस