नेयमार बिनाको पीएसजीकाे बराबरी

एजेन्सी । प्रि–सिजन टूरमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्टर जर्मेन पीएसजी बुन्डेशलिगाको दोस्रो डिभिजनको क्लबसंग बराबरीमा रोकिएको छ । शनिबार राति भएको मैत्रीपुर्ण खेलमा पीएसजी जर्मन क्लब नुरेनवर्गसंग १–१ गोलको बराबरीमा रोकिएको हो ।

स्टार खेलाडी नेयमारबिनै प्रि–सिजन टूरमा निस्किएको थोमस टूचेलको टिम जितका लागि संघर्षरत अवस्थामा देखिन पुगेको छ । नेयमारलाई पछिल्लो समय टिममा समावेश गरिएको छैन । उनी पछिल्लो समय पेरिस बसाईलाई बिट मार्दै नयाँ गन्तब्यको खोजीमा रहेका छन् । तर ढिला गरि पेरिस पुगेको नेयमारले अभ्यास भने गरिरहेका छन् ।

गत मंगलबार भएको खेमला पीएसजीले डायनामो ड्रेसडेनलाई ६–१ गोल अन्तरले हराएका थिए । पाब्लो सरबियाले ४३ औ मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवात अग्रता दिलाएका थिए । सेभिल्लापछि फ्रान्स आएका सरबियाले पहिलो गोल गर्दै क्लबलाई अग्रता दिलाउन सफल रहेका थिए ।

तर दोस्रो हाफमा घरेलु टोलीले बराबरी गोल गर्न सफल रह्यो । ७१ औ मिनेटमा घरेलु टोलीका लागि भालान्टिनीले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए । प्रि–सिजनमा पीएसजीलाई केलियन एम्बाप्पेले नेतृत्व गरिरहेका छन् । उनकै प्रभावमा पहिलो खेलमा पीएसजीले फराकिलो जित निकाल्न सफल भएको थियो ।

तर दोस्रो खेलमा उनको प्रभाव फिक्का हुदाँ पीएसजी बुन्डेशलिगाको दोस्रो डिभिजनको क्लबसंग बराबरी खेल्न परेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस