सिंगटी हाइड्रोले २ सय मिटर भूमिगत लाइन निर्माण गर्ने

काठमाडाैँ । सिंगटी हाइड्रो इनर्जीले  २ सय ३८ मिटर भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले   २५ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने भएको हो ।

निर्माणाधीन  आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनसम्म १३२ केभी सिंगल सर्किट भूमिगत लाइन निर्माण गर्न लागिएको हो ।

कम्पनीले प्रसारण लाइन निर्माण गर्न प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम सुरु गरेको छ ।

अध्ययनका क्रममा प्रसारण लाइन निर्माण गर्दा लाइन वरपरको भौतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग कम्पनीले राय सुझाव मागेको छ ।

२ साताभित्र आइपुग्ने गरी राय तथा सुझाव पठाउन कम्पनीले सरोकारवालासँग आग्रह गरेको छ । सरोकारवालाबाट आएका सुझावलाई अध्ययन प्रतिवेदनमा समावेश गरी हुनसक्ने असर न्युनिकरणका उपाय अपनाइने कम्पनीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस