अन्तरप्रेरणाकाे नव उद्यमी हाटबजार आयोजना सम्पन्न

नयाँ उद्यमको विकास र दिगो सम्वृद्धिका लागि अन्तरप्रेरणा प्रा. लि. ले नव उद्यमशाला नामक कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । उक्त कार्यक्रमले स्टार्टअप तथा सम्भावित उद्यमीको व्यवसायलाई चाहिने आधारभूत विषय बस्तुमा परामर्श र प्रशिक्षण प्रदान गर्दै अाएकाे छ ।

यसै सन्दर्भमा हालसम्म नव उद्यमशाला कार्यक्रममा सहभागी भईरहेका, भईसकेका र यस संस्थासँग आबद्ध अन्य उद्यमीहरुलाई समेटेर अन्तरप्रेरणाले (Outdoor Adventure Centre) ठमेलमा नव उद्यमी हाटबजार आयोजना गर्याे । उक्त कार्यक्रममा कोसिना मिठो छ , डोचा , टाईम टेक्नोलोजी, नुगः , टि∙गो , मकै घर लगायत अन्य उद्यमीहरुको सहभागीता थियो ।

यस हाटबजारको उद्देश्य उद्यमीहरुलाई आ–आफ्नो वस्तु तथा सेवा, ग्राहकको बारेमा अझ राम्रोसँग अवगत गराउनु र नव उद्यमीहरू लगायतका साझेदार संस्थाहरू सँग जोड्ने र तिनीहरूको न्युनतम साध्य वस्तु (सुरुवाती उत्पादन) र योजनाहरुलाई लक्षित दर्शक सामू प्रदर्शन गर्नु रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस