बाढी र पहिरोका कारण विभिन्न सडकहरु अझै अवरुद्ध, खुलाउने प्रयास जारी

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरो तथा डुवानका कारण कयौं जिल्लाका सडक अबरुद्ध बनेका छन् ।राजमार्ग अबरुद्ध भएपछि हजारौं यात्रु मर्कामा परेका छन् ।

विशेष गरी बढी आवतजावत हुने मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम राजमार्ग र कर्णाली राजमार्गमा यातायात ठप्प हुँदा धेरै यात्रु मर्कामा परेका हुन् । मकवानपुर र काठमाडौं जोड्ने सडक आज बिहान ७ बजेबाट पुनः बन्द भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक पहिरो गएका कारण फाखेल–काठमाडौं सडक पुनः बन्द भएको हो । मकवानपुरकै सिस्नेरी फर्पिङ सडकखण्ड पनि बन्द रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी असार २७ गतेदेखि बन्द रहेको बेनी–जोमसोम, बेसिशहर–मनाङ सडकखण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन ।ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा गएको पहिरोका कारण सिद्धिचरण राजमार्गसमेत बन्द छ । ललितपुरको भट्टेडाँडा आग्राङ टुङ्गन जाने शान्ति लोकपथ पनि २७ गतेदेखि बन्द छ ।

त्यस्तै सिन्धुलीको फिकल गाउँपालिका–६ बहादुरे खोला, सोलु खोला र खाङखाङ खोलामा पहिरो आएका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भोजपुरको भोजपुर नगरपालिका–१० स्थित गजुरमुखी भिरमा पहिरो जाँदा भोजपुर–धनकुटा सडक बन्द भएको प्रहरीले जनाएको छ ।

रौतहटको चपुर–गौर सडकखण्ड र महात्तरीको जलेश्वर–जनकपुर सडकखण्ड पनि बाढीका कारण अबरुद्ध छ । महोत्तरीको बर्दिवासमा पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ । बर्दिवास नगरपालिका १ र ४ जोड्ने भप्सी खोलाको पुल बाढीले बगाएपछि अवरुद्ध भएको सडक डाइभर्सन गरेर खुलाइएको थियो ।

तर खोलामा पानीको बहाव बढेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै पाल्पाको तिनाउ गाउँपालिका ३ सिद्धबाबामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग पुनः बन्द भएको छ ।

यो सडक आज बिहानबाट पुनः बन्द भएको प्रहरीले जनाएको छ । त्यसैगरी २८ गतेदेखि बन्द भएको सुर्खेत–कालिकोट–जुम्ला जाने कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग अबरुद्ध भएको हो । अबरुद्ध भएका सबै सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस