महालक्ष्मी लाईफ ईन्स्योरेन्सको सेवा सांग्रिला डेभलपमेन्ट बैंकबाट पाइने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड बीच जीवन बिमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र महालक्ष्मी लाईफ ईन्स्योरेन्स  लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका ग्राहकहरुले यस बैंकका मुलुकभर फैलिएको ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सेवा सञ्चालनबाट ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बिमा सम्बन्धी सुविधा प्राप्त गर्न सक्ने सुविधाको थालनी गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव

काठमाडौँ । जीवन बिमा कम्पनीहरूबिच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले …

प्रतिकृया दिनुहॊस