अवैध लागूऔषध सहित पक्राउ

कपिलवस्तु ।   कृष्णनगर नगरपालिका-२ यात्रु गेटस्थित बिजयनगर गाउँपालिका ३ धकधई बस्ने ३० वर्षीय अशरख अलिलाई अवैध लागूऔषध ब्राउनसुगर २.५ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका अलिलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-११ फुलबारी बस्ने २९ वर्षीय मिलन नेपाली र निजको श्रीमती २५ वर्षीया रेश्मा भुजेललाई नियन्त्रित लागूऔषध ६३ सेट फेनारगन, नुर्फिन र डाईजेपाम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग.१५ प ७८०७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट २० सेट फेनारगन, नुर्फिन र डाईजेपाम फेला पारी निजहरुको घरमा समेत खानतलासी गर्दा बोराभित्र लुकाई छिपाई राखेको ४३ सेट फेनारगन, नुर्फिन र डाईजेपाम तथा नगद २ लाख ५५ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस