आइएमई जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनश शेयर पारित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सले हाल कायम ९७ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको हो । प्रस्तावित बोनश शेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्व २ करोड ६ लाख रुपैयाँ पुग्नेछ । आ.व. २०७४। ७५ को वार्षिक प्रतिवेदनमा छलफल तथा नाफा नोक्सान हिसाब गरी पारित भएको छ ।

यस्तै, सभामा उपयुक्त कम्पनीसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार पनि सञ्चालक समितिाई दिने प्रस्ताव, लेखापरीक्षकको नियुत्ती तथा पारिश्रमिक तोक्ने लगायत अन्य प्रस्तावित सबै एजेन्डा पारित भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस