विम्बल्डन टेनिस, महिला एकल : सेरेना विलियम्सको कीर्तिमान यात्रा रोकेर सिमोना हालेपले जितिन् उपाधि

काठमाडौं । कीर्तिमानको यात्रामा रहेकी अमेरिकी सेरेना विलियम्सलाई रोक्दै सिमोना हालेपले विम्बल्डन टेनिसमा महिला एकल तर्फको उपाधि जितेकी छन् । रोमानियाकी हालेपले पहिलो पटक विम्बल्डनको उपाधि उचालेकी हुन् ।

हालेपले विलियम्सलाई ६–२ र ६–२ को सेटमा पराजित गरेकी हुन् । २४ औँ ग्राण्डसलाम उपाधि जित्ने लक्ष्यमा रहेकी विलियम्सलाई पराजित गर्न हालेपलाई मात्रै ५६ मिनेट लाग्यो ।

२७ वर्षकी हालेपले विलियम्स विरुद्धको आफ्नो खेल उत्कृष्ट रहेको बताएकी छन् । उनले आफ्नो खेल जीवनमा दोस्रो ग्राण्डसलाम उपाधि जितेकी हुन् । यसअघि उनले सन् २०१८ मा फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी थिइन् ।

३७ वर्षकी विलियम्स पछिल्लो १२ महिनामा प्रमुख टेनिस प्रतिस्पर्धाको फाइनलमा पराजित भएको यो तेस्रो पटक हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस