टर्की र अमेरिकाबीच चिसियो सम्बन्ध

वासिंटन । अमेरिकाको विरोधका बीच टर्कीले रुससँग किनेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी प्राप्त गरेको छ । रुससँग किनेको एस–४०० प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी टर्कीले अंकरा विमानस्थलमा प्राप्त गरेको हो ।

टर्कीले यसअघि अमेरिकी लडाकु विमान ‘एफ–३५’ खरिद गरेको थियो । अमेरिकाले अमेरिकी एफ–३५ विमान र रुसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सँगै राख्न नपाउने बताउँदै आएको छ ।

तर, टर्कीले अमेरिकी लडाकू विमान र रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एकसाथ राख्ने भएपछि अमेरिका क्रुद्ध बनेको हो । टर्की र अमेरिका दुवै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का सदस्य हुन् । तर टर्कीले रुससँग पनि नजिकको सम्बन्ध स्थापित गर्न प्रयास गरिरहेको छ ।

टर्कीले एक सय एफ–३५ लडाकु विमान किन्न अमेरिकासँग सम्झौता गरिसकेको छ । टर्कीले एफ–३५ का लागि ठूलो रकमसमेत खर्च गरिसकेको छ ।

टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र त्यसको सञ्चालनका लागि २ खर्ब ५० अर्ब डलर बराबर रकम खर्च गरिसकेको छ । अमेरिकी अधिकारीले नेटो हवाई प्रतिरक्षा प्रणालीमा उक्त क्षेत्रका लागि रुसी ‘एस–४००’ प्रणाली अमिल्दो भएको दाबी गर्छन् ।

रूसी प्राविधिकहरूले एफ–३५ विमानको कमजोरी पत्ता लगाउन सक्ने डरका कारण अमेरिकी रक्षा अधिकारीले उक्त विमानलाई एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नजिक राख्न चाहँदैनन् ।

अमेरिकाले रुसी प्रतिरक्षा प्रणाली पूर्णरुपमा स्थापित गरे एफ–३५ कार्यक्रमबाट हटाउने जनाएको छ । त्यसका साथै अमेरिकी अधिकारीले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउनेसमेत चेतावनी दिएका छन् । अमेरिकी चेतावनीसँगै दुई नेटो मुलुकबीच द्वन्द्व बढ्ने संकेत देखिएको छ । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस