नाडाललाई पराजित गर्दै फेडेरर फाइनलमा

लन्डन । स्वीस खेलाडी रोजर फेडरर बेलायतमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

स्पेनिस खेलाडी रफायल नाडाललाई हराउँदै फेडरर उपाधि नजिक पुगेका हुन् । गएराति भएको खेलमा फेडेररले नाडाललाई ७–६, १–६, ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् ।

आइतबार हुने फाइनलमा उनले सर्बियन खेलाडी नोभाक जोकोविचसँग खेल्नेछन् । तेस्रो वरियताका नाडाललाई दोस्रो वरियताका फेडेररले पराजित गरेर सन् २००८ मा विम्बल्डनको फाइनलमा बेहोरेको हारको बदलासमेत लिएका छन् ।

३७ वर्षीय फेडेररले अहिलेसम्म ८ पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । उनी पुरुषतर्फ सबैभन्दा धेरै पटक विम्बल्डनको उपाधि जित्ने खेलाडी हुन् । यो पटक उपाधि जितेमा महिला एकलतर्फको कीर्तिमानसँग पनि उनले बराबरी गर्ने छन् ।

फाइनलमा पुगेका जोकोभिचले स्पेनका रोबर्टो बाउटिसा अगुट्लाई ६–२, ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए । चार पटकका विम्बल्डन विजेता जोकोविच पाचौं उपाधिको पर्खाइमा छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस