ज्योति लाइफको ‘ज्योति केयर्स’ बजारमा

काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति केयर्स’ नामक प्रडक्ट बजारमा ल्याएको छ । शुक्रबार कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले उक्त प्रडक्टको औपचारिक शुभारम्भ गरेका हुन् । ज्योति लाइफका बिमितहरुले अबदेखी घातक रोग लाग्दा अस्पतालबाट वित्तीय छुट प्राप्त गर्न सक्ने छन् ।

‘ज्योति केयर्स’ नामक प्रडक्ट सुविधा ५ लाख रुपैयाँ वा सो भन्दा बढीको बीमाङ्क बराबर सावधिक जीवन बीमा गर्ने सबै बिमितलाई उपलब्ध हुन्छ ।

बिमितलाई ५ प्रतिशतदेखी ३० प्रतिशत सम्म नगद छुट हुने व्यवस्था छ । साथै, बिमितले ईमेलको माध्यमबाट ज्योति केयरको बारेमा सूचना आदान–प्रदान गर्न सक्ने कार्यक्रममा बताइयो ।

हाल ७ वटै प्रदेशका कार्यालयहरुमा ‘ज्योति केयर्स’ को कार्ड तथा चिठ्ठी पुगिसकेको कम्पनीले जनाएको छ । कम्पनीले कार्ड पाउने बिमित तथा सबै सरोकारबालाहरुले यो सेवा प्राप्त गर्ने जनाएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस