बाढी र पहिरोमा परेर चारजनाको मृत्यु, कोशी ब्यारेजका २३ ढोका खोलिए

काठमाडौं । अबिरल वर्षापछि आएको बाढीले प्रदेश १ मा दुईजना बगाएको छ । प्रदेश १ का प्रहरी प्रवक्ता एसएसपी किशोरकुमार दाहालका अनुसार इटहरीमा स्थानीय सुकुमारी खोलाले बगाएर उदयपुरका अन्दाजी ३५ वर्षिय सागर थापाको मृत्यु भएको छ भने मोरङ्गको कानेपोखरीमा गेउरिया खोलाले अन्दाजी ३५ वर्षका एक पुरुषलाई बगाएको छ ।

उनीहरु दुवै जनाको खोजी कार्य भइरहे पनि पत्ता नलागेको दाहालले जानकारी गराएका छन् । सप्तकोशीमा आज बिहानको पानीको वहाव १ लाख ७६ हजार ७ सय ४५ क्युसेक प्रतिसेकेन्ड रहेको प्रहरीले जानकारी दिएको छ । खतरा नहोस् भनेर सप्तकोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ । एसएसपी दाहालले पानीको बहाव बढ्दै गएकोले आवश्यक सतर्कता अपनाइएको जनाए ।

यसैबिच पहिरोले घर पुरिँदा काभ्रेको बनेपामा दुई जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । बनेपा नगरपालिका–३ चुनतालमा पहिरोले घर बगाउँदा गोमा दंगाल र उनकी नातिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविले भने- जीबी राईका बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट ऋण नलिएको बताएका छन्। मंगलबार सामाजिक …

प्रतिकृया दिनुहॊस