चितवनमा भारतीय ट्रकमा तोडफोड, आगजनीको प्रयास

चितवन । चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको छ ।

बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ एटी २६९१ नम्बरको मालबाहक ट्रकमा तीनजना युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाएका छन् भने, पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

सलाइ ओसिएर नबलेपछि उनीहरु भागेको स्थानीयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घटनाबारे अनुसन्धान र दोषीको खोजी भइरहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस