लाजिम्पाटमा कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौको लाजिम्पाटस्थित सांग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान २ बजेतिर महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा स्याङ्जाका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् ।

तीव्र गतिमा आएको कारले स्कुटरलाई ठक्कर दिँदा गुरुङको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । फरार कार र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यॊ पनि हेर्नुहॊस

बाढी र पहिरोका कारण विभिन्न सडकहरु अझै अवरुद्ध, खुलाउने प्रयास जारी

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरो तथा डुवानका कारण कयौं जिल्लाका सडक अबरुद्ध …

प्रतिकृया दिनुहॊस