शिल्पा र छविलाई छलफलका लागि बोलायो प्रहरीले

काठमाडौं । नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता उनका पति छविराज ओझालाई प्रहरीेले छलफलका लागि बोलाएको छ । शिल्पाले छविविरुद्ध उजुरी दिएपछि प्रहरी मध्यस्थताका लागि जुटेको हो । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै हिजो प्रहरीमा उजुरी दिएकी थिइन् ।

“घरेलु हिंसाको उजुरी परेपछि आज दुवै पक्षलाई हामीले बोलाएका छौं,” महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले भने, “आजको छलफलपछि  थप अनुसन्धानको प्रक्रिया अगाडि जाने छ ।”

नायिका रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि छवि र शिल्पाले विवाह गरेका थिए । म्युजिक भिडियोमा अभिनय गर्दै आएकी शिल्पालाई छविले नै फिल्ममा डेब्यु गराएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस