त्रिशूली बजार जाने पक्की पुल जीर्ण

नुवाकोट । नुवाकोटको त्रिशूली बजार जाने पक्की पुल जीर्ण भएको छ । करीब पाँच दशकअघि निर्माण भएको त्रिशूली पुल जीर्ण बनेको हो ।नयाँ पुल निर्माणको लागि विस्तृत परियोजनाको प्रतिवेदन बने पनि कार्यान्वयन हुन सकेको छैन ।

यो पुल पहिले फलामे ‘बेलिब्रिज’ को रुपमा निर्माण भएको थियो ।  पुलमा प्रयोग गरिएका पाता र नट बोल्ट खिया लागेका छन् ।सवारीसाधनको आवतजावत बाक्लो भएकाले जोखिम बढेको छ ।

पुलबाट दैनिक चार सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पुलको सुरक्षाका लागि एक पटकमा एक मात्र सवारी आवतजावत गराउनु पर्ने भनिए पनि कार्यान्वयन हुन सकेको छैन ।

स्थानीयले यो पुलको विकल्प खोज्नु पर्ने माग राख्दै आएका छन् । भारत सरकारले २०२१ सालमा त्रिशूली जलविद्युत केन्द्र निर्माणको समयमा बनाएको यो पुलको आयु सकिएको छ ।

समयमै अर्को व्यवस्थापन नभएमा पुलले ठुलो जोखिम निम्त्याउने सरोकारवलाहरुले बताएका छन् । पहिले ८ टनसम्म सामान बोकेका गाडी मात्र सञ्चालनको अनुमति भएकोमा अहिले जति पनि वजन बोकेका सवारी साधनहरु ओहोरदोहोर गरी रहेका छन् ।

जोखिम बढ्दै गए पनि सम्बन्धित निकाय मौन बनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस