गुगल र फेसबुकबारे फ्रान्समा ल्याउन लागिएको नयाँ नीतिबारे अनुसन्धान गर्न ट्रम्पको निर्देशन

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी टेक कम्पनीमाथि फ्रान्सले लगाउन लागेको ट्याक्सको सम्बन्धमा अनुसन्धान गर्न निर्देशन दिएका छन् ।  अमेरिकी व्यापार प्रतिनिधिले डिजिटल सर्भिस टयाक्सका बारेमा अमेरिकाको निकै चासो रहेको उल्लेख गर्दै यसले अनुचित ढंगले अमेरिकी कम्पनीलाई लक्षित गर्ने जनाएका छन् ।

फ्रान्सको संसदले आज विहीबार सो सम्बन्धी ट्याक्स स्वीकृत गर्ने अपेक्षा गरिएको छ । फ्रान्सको नयाँ कदमले गुगल र फेसबुक जस्ता अमेरिकी कम्पनी प्रभावित हुन सक्नेछन् ।  फ्रान्सको नयाँ नीतिमा फ्रान्सभित्र कारोबार हुने राजश्वमा ३ प्रतिशत लेबि लगाइने व्यवस्था गर्न लागिएको छ ।  यो ट्याक्स यो वर्ष ४सय ५० मिलियन डलरसम्म बढ्न सक्ने जनाइएको छ ।

ट्रम्पले नयाँ कानुनबाट अमेरिकालाई पर्न सक्ने असरबारेमा अध्ययन गर्न आग्रह गरेका हुन् । (बीबीसीबाट)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस