फाइल फोटो

मोरङमा आगलागी ८० लाखको क्षति

विराटनगर । मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा बिहीबार बिहान आगलागी हुँदा  ८० लाख बराबरको क्षति भएको छ।  बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको होलसेल किराना पसलसमेत जलेर नष्ट हुँदा सो क्षति भएको हो।

बिहान ४ः३० बजे झापाको दमक र मोरङको सुन्दरहैचा नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस