पर्वतको डिमुवामा कामना सेवाको ९२ औं शाखा

पर्वत । कामना सेवा विकास बैंक लिमिटेडले गण्डकी प्रदेश अन्तर्गत पर्वतको मोदी गाउँपालिका ६ स्थित डिमुवामा ९२औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल, गाउँपालिकाका उपाध्यक्ष सेती महत, वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ भएको थियो ।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस