पारस शाह तथा हिमानी शाहकी छोरी पूर्णिकाले लेखेकाे मनछुने कविता

काठमाडौ। पुर्वराजा ज्ञानेन्द्र शाहको ७३ औं जन्मोत्सवको अवसरमा उनकी नातिनी एवं पारस शाह तथा हिमानी शाहकी छोरी पूर्णिकाले एउटा मनछुने कविता लेखेर सामाजिक संजालमा पोष्ट गरेकी छन् । जुन अहिले भाइरल भइरहेकाे छ ।

चुपचापको अर्थ जस्ले जसो लाए पनि
दिलको मौनता केवल ओभानो ओठले बुझेको छ।

झरेको आँशु जस्ले जसो ठानें पनि
नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ।

जीवनको खुशी जस्ले जसो भनेँ पनि
छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ।

शरदको रात जस्ले जसो देखेँ पनि
हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ।

झुकेको फूललाई जस्ले जसो थामेँ पनि
मुटुको घॉऊ केवल बिझ्ने काडाले बुझेको छ।

जीवनको बाटो जस्ले जसो ठानेँ पनि
बॉच्नुको अर्थ केवल राष्ट्रको मायाँले बुझेको छ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस