’भुक्तानी ठामका ठाम, युनाइटेड ईन्स्योरेन्स नै जाम’ : रमेश कुमार भट्टराई

रमेश कुमार भट्टराई, (CEO) युनाइटेड इन्स्योरेन्स

अहिले बैंकिङ क्षेत्रमा बिग मर्जको कुरा उठेसँगै केहि बैंकले मर्ज गर्ने सहमति गरिसकेका छन् भने केहि जोडी खोज्न ब्यस्त छन् । बैंकसँगै बीमा कम्पनीहरुमा पनि मर्जरको विषयले प्राथमिकता पाएको छ । अहिले निर्जीवन बीमा बजारको अवस्था, बीमा संस्था मर्जर लगायतका विषयमा न्यूज दैनिक डटकमले युनाईटेड इन्स्योन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश

बीमा बजारको अहिलेको अवस्था कस्तो छ ?

बीमा बजारको अवस्था भन्नुपर्दा खासै उत्साहजनक छैन । जुनरुपमा बृद्दि र बिस्तार हुनुपर्ने थियो त्यसरी हुन सकेको छैन ।

निर्जीवन बीमाको बजार कस्तो छ ?

निर्जीवन बीमाको वजार त्यति साह्रो बढेको छैन । केहि बढेतापनि जूनरुपमा यसप्रतिको सोच ब्यवहारमा देखिनुपर्ने थियो त्यस्तो हुन सकेको छैन । अहिले नेपालमा भएका ९० प्रतिशत बीमाहरु बैकसँग आवद्द छन् । बैकमा लगानी भयो भने मात्र ग्राहकहरु निर्जीवन बीमा गर्न आउछन् । बैकसँग आवद्दता नभई निर्जीवन बीमा गर्न आउने ग्राहक भनेका १० प्रतिशत मात्रै छन् ।

रमेश कुमार भट्टराई, (CEO)
युनाइटेड इन्स्योरेन्स

नयाँ कम्पनीहरु बजारमा थपिएपछि बीमा बजारलाई कस्तो प्रभाव परेको छ ?

नयाँ कम्पनीहरु थपिनु भनेको प्रतिस्पर्धा बढ्नु हो । नयाँ कम्पनी आउदैमा भयंकर व्यापारमा बढ्ने होईन । कम्पनीहरु थपिएसँगै प्रतिस्पर्धा धेरै छ तर बीमाको बजारमा भने खासै बृद्दि भएको छैन ।

बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने गुनासो सुनिन्छ, युनाइटेडले ग्राहकलाई कस्तो सेवा प्रदान गर्छ ?

वास्तवमा सही बीमा कम्पनीको छनोट गर्न सक्ने हो भने दाबी भुक्तानीमा समस्या आउँदैन । दाबी भुक्तानीमा युनाइटेड इन्स्योरेन्सले एकदमै सजगता अपनाएको छ । त्यही कारण मैले ’भुक्तानी ठामका ठाम, युनाइटेड ईन्स्योरेन्स नै जाम’ भन्ने नारा ल्याएको हुँ ।

युनाइटेडका बजारमा प्रतिस्पर्धी रणनीतिहरु के के छन् ?

अहिले हामीले दाबी भुक्तानीलाई नै केन्द्रित गरेर अगाडि बढेका छाैं । दाबी भुक्तानीमा हामीले छिटो छरितो तरीकाले ग्राहकको मन जितेर नै बीमा वजारमा छुट्टै पहिचान बनाउन सफल भएका छौं । आगामी दिनमा प्रादेशिक कार्यालय निर्माण गरेर हामी अँझ सशक्तरुपमा अगाडि आउँदैछौं ।

नेपालमा बीमा शिक्षाको अवस्था कस्तो छ ?

बीमा भनेको के हो धेरैलाई जानकारी भईसकेको छ तर बीमा गर्दा मलाई नै के फाइदा हुन्छ भन्ने थाहा छैन । बीमा अनिवार्य हो । यो सुरक्षा हो । बीमाको महत्व आम नागरिकले बुझ्ने वातावरणको विकास गर्न बीमा कम्पनी, बीमा समिति, स्थानीय सरकार र सबै सचेत नागरिकको पहिलो दायित्व हो । केहि वर्ष अगाडि भन्दा केहि प्रतिशत मात्रै बीमाको वजार बढेको हुँदा बीमालाई अनिवार्य गर्नु आवश्यक देखिन्छ ।

बीमा क्षेत्रमा पनि विकृति नभएका होईनन्, सुधारका लागि कस्ता कस्ता प्रयास गर्नुपर्छ ?

बीमा क्षेत्रमा सुधारको आवश्यकता धेरै नै छ । किनकी फर्जी दाबीका कारण कहिलेकाहिं समस्या हामीले पनि भोगेका छौं । बीमा गर्दाखेरी नै बीमित बस्तुको बारेमा भौतिक परिक्षण गर्नुपर्छ । यदि परिक्षण सही भयो भने भने फर्जी दावी आउने संभावना न्यून हुन्छ ।

बीमा कम्पनीको मर्ज आवश्यक छ ?

बीमा कम्पनीहरु नेपालमा आवश्यकता भन्दा धेरै भएकै हुन् । अब बीमाको संख्या बढाउने होइन की शाखा बढाउनुपर्छ । बीमा क्षेत्रमा सुधार ल्याउने हो भने संस्था मर्ज आवश्यक छ ।

२०७२ सालको भूकमपपछि निर्जीवन बीमामा जुन प्रकारको लहर थियो, त्यो अहिले घटेको हो ?

हामी के सोच्दैछौं भने, २०७२ मा भुकम्प गयो तर अब आउँदैन । त्यो बेलाको दुख र कष्ट आजको दिनमा हामीले बिर्सीसकेका छौं । अब हामीलाई ढुक्क के छ भने, अब भुकम्प दोहोरिंदैन । तर याद गर्नुहोस्, प्राकृतिक विपत्ती बजा बजाएर आउँदैन ।

युनाइटेडको वित्तीय अवस्था कस्तो छ ?

म कम्पनीमा आउनु अगाडि यसका शाखाहरु धेरै कमजोर थिए । मेरो नेतृत्वमा आईसकेपछि अहिले राम्रो भएको छ । युनाइटेड इन्स्योरेन्समा आर्थिक संकटमा छैन । यो वर्ष थोरै भएपनि नाफामा जान्छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस