दार्चुलामा युवक–युवती होटलको कोठामा झुण्डिएको अवस्थामा फेला

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका ४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा फेला परेका छन् ।

शैल्यशिखर नगरपालिका५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उनीहरु सोमवार राती ८ बजे खाना खाएर होटलको कोठामा गएका थिए। बिहान उनीहरु मृत फेला परेका हुन्। उनीहरु नाताले दाई बहिनी हुन्। महादेवले यसअघि नै दुई विवाह गरिसकेका थिए भने मनिषा पनि विवाहित हुन्।

यॊ पनि हेर्नुहॊस

आगामी कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहि कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन …

प्रतिकृया दिनुहॊस