सिटी एक्सप्रेसको १००% हकप्रद सेयरले कति पायो रेटिङ ?

काठमाडौं । सिटी एक्सप्रेस फाइनान्सको १००% हकप्रद सेयरले ग्रेड ५ रेटिङ पाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो हकप्रद सेयरलाई कमजोर आधार जनाउने रेटिङ दिएको हो  ।
यस हकप्रदको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । सिटी एक्सप्रेसले १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड २१ लख ४२ हजार रुपैयाँ बराबरको ४० लाख २१ हजार ४२० कित्ता हकप्रद सेयर खुला गर्न लागेको हो ।

पुँजी वृद्धि गर्न सिटी एक्सप्रेस हकप्रदको बाटो रोजेको हो । कम्पनीले हकप्रद निष्कासन गर्न रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा भने हकप्रद अनुमति माग्दै आवेदन दिएको छैन । कम्पनीले बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले आवश्यक अध्ययनपछि अनुमति दिनेछ । त्यसपछि निष्कासन प्रक्रिया सुरु हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस