बालिकको मृत्युपछि अस्पतालमा तोडफोड

सर्लाही । उपचार गर्न ल्याइएकी एक बालिकाको मृत्यु भएपछि सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा गएराती तोडफोड भएको छ । सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदा बुढाथोकीको मृत्यु भएपछि आक्रोसित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट उपचार केन्द्रका उपकरणमा क्षति पुगेको छ । बालिकको मृत्युपछि तनावग्रस्त बनेको अस्पताल परिसरमा जनप्रतिनिधि र सुरक्षा अधिकारीले सम्झाइबुझाइ गरी मध्यराती मात्रै मृतकको शव आफन्तलाई बुझाएका थिए ।

नवलपुर सर्पदंश उपचार केन्द्रले भर्खर–भर्खर भेन्टिलेटर र आइसियू सञ्चालनमा ल्याएको छ । हाल निजी चिकित्सकको सहयोगमा उपचार केन्द्रले ती दुई उपकरण सञ्चालन गर्दै आएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस