विम्बल्डन टेनिस : खेलाडी फेडेरर, जोकोविच र नाडाल अन्तिम ८ मा

काठमाडाैँ । टेनिसका तीन ठूला खेलाडी रोजर फेडेरर, नोभाक जोकोविच र राफायल नाडाल विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्वीस फेडेरर १७ औँ पटक विम्बल्डनको अन्तिम १६ मा पुगेका हुन् । उनीले इटालियन खेलाडी मातेओ बेरितिनीलाई ६–१, ६–२ र ६–२ को सेटमा पराजित गरेका हुन् ।

यस्तै साविक विजेता सर्बियन जोकोविचले फ्रान्सेली खेलाडी उगो हुबर्टलाई पराजित गरेर अन्तिम ८ मा स्थान बनाएका हुन् । शीर्ष बरियताका जोकोविचले ६६ औँ बरियताका हुबर्टलाई ६–३, ६–२ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

यस्तै राफायल नाडालले पोर्चुगलका जोआओ सोउसालाई पराजित गरेका छन् । उनले ६–२, ६–२ र ६–२ को जित निकालेका हुन् ।

 

यॊ पनि हेर्नुहॊस

१ करोड मूल्यमा सन्दीप लामिछानेले बर्मिङ्घममा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने …

प्रतिकृया दिनुहॊस