कारागारको शौचालयमा झुण्डिएको अवस्थामा भेटियो कैदीको शव

खोटाङ । जिल्ला कारागार शाखा खोटाङको शौचालयमा एक कैदी मृत फेला परेका छन् । कर्तव्य ज्यान मुद्धामा कैदी जीवन बिताइरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगमा नआएको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

आइतबार साँझ पौने सात बजे समूहमा नदेखिएपछि खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको कारागारका प्रमुख चित्राखर आचार्यले बताए ।

श्रीमतीको हत्या अभियोगमा दोषी ठहर भएका राई २० वर्षका लागि कारागार चलान भएका थिए । कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालत पुग्दा समेत दोषी सावित भएपछि उनी जेल पठाइएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको …

प्रतिकृया दिनुहॊस