अर्गानिक खाद्यवस्तुको माग बढ्दो

काठमाडौं । विषादि औषधि र रासायनिक मलबाट स्वास्थ्यमा दिनानुदिन खतरा बढ्दै गएपछि सर्वसाधारणहरुको अर्गानिक खाद्यवस्तु प्रतिको क्रेज बढिरहेको छ ।

काठमाडौंमा बस्ने मान्छेलाई तरकारीको आपूर्ति गर्ने काभ्रेको पाँचखालक्षेत्रमा क्यान्सर, मिर्गौला खराबी जस्ता समस्याले दुःख नदिएको घर नभएको बताइन्छ ।

यस्ता समस्याले ग्रस्त गर्नुको मुख्यकारण उनीहरुले तरकारी खेतीमा प्रयोग गर्ने विषादि औषधि र रासायनिक मलको प्रयोग बढी हुनुले हो भन्ने निस्कर्ष रहेको छ ।

यद्यपि प्राय गरेर किसान आफूले खाने सागसब्जिमा खासै विषादि औषधि र रासायनिक मलको त्यति प्रयोग गर्दैनन् । बजारमा बिक्रिमा पठाउने तरकारीमा भने उनीहरु अघिल्लो दिनसम्म नै विषादि हाल्ने गर्छन् भन्ने भनाइ छ ।

त्यतिमात्रै होइन किसानहरुले तरकारीको तौल बढाउन, तरकारीलाई चाँडो ठूलो बनाउन पनि औषधिको प्रयोग गर्छन् । जसले बतिलै रहेको तरकारीलाई भोलीपल्ट नै ठूलो बनाइदिन्छ ।

आफूले नखाने भनेपनि अत्यधिक प्रयोग हुँदा ति विषादि एवं रासायनिक मलले अप्रत्यक्ष रुपमा भएपनि सम्बन्धित किसान वा किसान परिवारलाई पनि असर गर्ने गरेको र कडा रोग लाग्ने गरेको विज्ञहरुको भनाई रहेको छ ।

केही समय यता भने विषादि र रासायनिक मलको प्रयोगको बारेमा केही जनचेतना अभिवृद्धि हुन थालको पाइन्छ । सर्वसाधारणहरु सकेसम्म अर्गानिक खाद्यवस्तु खोजेर खान चाहन्छन् । काठमाडौं लगायतका शहर एवं गाउँ घरतिर पनि अर्गानिक खेति गर्ने लहर बढ्दै गएको देख्न पाइन्छ ।

काठमाडौं उपत्यकाभित्रको कुरा गर्नुपर्दा थानकोट, हात्तिगौंडा, कोटेश्वर, भैंसेपाटी, भक्तपुरका केही स्थानहरु, फर्पिङ्ग लगायतका ठाऊँहरुमा नागरिकहरुको तर्फबाट अर्गानिक खेती हुन थालेका छन् ।

स्वस्थ रहनको लागि पोलिस नगरेको चामल, चोक्करसहितको पिठो, गहु, मकैको च्याख्ला खानुपर्छ भन्ने मान्यता बढ्दै गएको छ । डा. अरुणा उपे्रतिले बेलाबेलामा आफ्नो अभिव्यक्तिमा बच्चाहरुलाई हर्लेक्स होइन गेडागुडीको सातु खुवाउनु पर्छ ।

चाऊचाऊ हैन भुटेको मकै खुवाउनु पर्छ भन्ने गर्नुहुन्छ । त्यस्तै प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेले स्वस्थकर आहारको विषयमा धेरै पुस्तकहरु लेख्नु भएको छ । अर्का प्राकृतिक चिकित्सक डा. जनक बस्नेत आफै अर्गानिक तरकारी खेतीमा लाग्नु भएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुले नै यसरी के खान हुन्छ कस्तो खानुपर्छ र के कस्तो खानुहुन्न भन्ने कुरामा सार्वजनिक रुपमा बताइदिने गर्ने हो भने खान नजानेर रोगी हुने क्रममा निकै कमि आउने अनुमान गरिएको छ ।

यतिबेला विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा अत्यधिक विषादि प्रयोग भएको आशंकामा बोडरमा तरकारी र फलफूलका गाडीहरुलाई केहीहद्सम्म कडाई गरिएको कुराप्रति उपभोक्ताहरुले सह्राना गरेका छन् ।

देशभित्रकै हकमा पनि अर्गानिक खेतिको लहर बढ्दै जानु अत्यन्तै राम्रो कुरा हो तर त्यहाँ भनाई जस्तै गराई छ कि छैन त्यसको भने स्थलगत रुपमै अनुगमन हुन जरुरी देखिन्छ ।

भन्दा अर्गानिक भन्ने तर उपभोक्ता नन्अर्गानिक खाद्यवस्तुबाट ठगिने हुन चाही हुँदैन । त्यस तर्फपनि सम्बन्धित निकाय एवं सरोकारवालाहरुको समयमै ध्यान पुग्न जरुरी छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

झापामा बाइक र बोलेरो जुधे, बाइकमा सवार तीन युवाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहान …

प्रतिकृया दिनुहॊस